रविले संसदमा बोलेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

अनलाइनसमय |
१० जेठ २०८१
रविले संसदमा बोलेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

शर्माले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने भन्दै सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो भन्दै प्रश्नसमेत गरे । सहमति नभए संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै उनले गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।

यस्तै उनले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई २०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न समेते आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले रवि दोषी देखिए आफूहरू राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे । उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसकेको बताए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस