कार्यदलमा जुट्न सकेन सहमति, कांग्रेसले ल्यायो नयाँ प्रस्ताव

अनलाइनसमय |
११ जेठ २०८१
कार्यदलमा जुट्न सकेन सहमति, कांग्रेसले ल्यायो नयाँ प्रस्ताव

काठमाडौं, ११ जेठ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ । कार्यदलको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको हो ।

कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उनको नाम जोडिएको सहकारीको छानबिनबारे नयाँ प्रस्ताव ल्याएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

समिति बनाउन सहमत प्रमुख दलहरूले कार्यादेश बनाउन कार्यदल बनाएका थिए । सत्तारुढ दलहरूले समग्र सहकारीको छानबिन गर्ने कार्यादेश प्रस्ताव गरेको थियो भने कांग्रेसले लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएकाले नाम नै उल्लेख गरेर जानुपर्ने बताएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस