प्रतिकुल मौसमले हवाई उडान प्रभावित, दुई जहाज डाइभर्ट

अनलाइनसमय |
१३ जेठ २०८१
प्रतिकुल मौसमले हवाई उडान प्रभावित, दुई जहाज डाइभर्ट

काठमाडौं, १३ जेठ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छ । विमानस्थल कार्यालयका अनुसार बाक्लो पानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलीटी कम हुँदा जहाज अवतरणमा समस्या भएको हो ।

विमास्थलका प्रवक्ता सुवास झाका अनुसार कम भिजिबिलीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज डाइभर्ट भएर चाइना नै फर्किएको छ ।

उनका अनुसार अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् ।

आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । आन्तरिक उडानमा पनि लुक्लाबाट काठमाडौं आउने गरेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्न पुग्ने भिजिबिलीटि नभएका कारण रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस