काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा सहकारी पिडितले प्रदर्शन गरेका छन् ।
पोखरास्थित सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आइतबार आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।
उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ जस्ता नारा लगाएका छन् ।