सरकारविरुद्ध सडकमा उत्रियो कांग्रेस

अनलाइनसमय |
१३ जेठ २०८१
सरकारविरुद्ध सडकमा उत्रियो कांग्रेस

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर विरोध प्रदर्शनको आयोजना गरेको हो ।

प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट ¥याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।

त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी छन् ।

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न लामो समयदेखि माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र सत्ता पक्षका नेताहरू संसदीय छानबिन समिति गठनका लागि तयार देखिए पनि कार्यादेशमा रवि लामिछानेको नाम लेख्ने कि नलेख्नेमा सत्ता र प्रतिपक्षी कांग्रेसबीच कुरा मिल्न सकेको छैन । कांग्रेसको गृहमन्त्री लामिछानेको नाम पनि संसदीय छानबिन समितिको कार्यादेशमा लेख्नुपर्ने अडान कायमै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस