काठमाडौं, १४ जेठ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०–८१ अनुसार चालू आर्थिक २०८०–८१ फागुनसम्ममा ३० वटा नेपाल गुणस्तर मापडण्ड स्वीकृत भएको छन्, जसमध्ये हाल १० वटा गुणस्तरिय प्रयोगशाला (ल्याब) सञ्चालनमा रहेका छन् ।
फागुनसम्ममा ५४ वस्तुलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएको छ । यस अवधिमा नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेका उद्योबाट पाँच सय ३ नमुना सङ्कलन गरिएको छ । त्यस्तै विभिन्न २ हजार ४८ नमुनाको रसायनिक तथा भौतिक परिक्षण र विश्लेषण गरिएको छ ।
सर्वेक्षण अनुसार चालू आवको फागुनसम्ममा १ हजार २ सय नापतौल यन्त्रको क्यालिब्रेसन गरिएको छ । साथै सोही अवधिमा गुणस्तर तथा नापतौल अनियमितता गर्ने व्यापारी तथा व्यावसायीबाट २ करोड ४लाख रुपैयाँ जरिवाना संकलन गरिएको छ ।