काठमाडौं, १४ जेठ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् । संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन शीर्ष चार नेताको बैठक बस्न लागिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन ।
दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । अर्काे बैठक आजै बेलुका बस्दै छ ।
बिहानको बैठकमा प्रधानमन्त्रीले फरक–फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।