संसदीय छानबिन समितिको टीओआरमा ४ बुँदे सहमति

अनलाइनसमय |
१५ जेठ २०८१
संसदीय छानबिन समितिको टीओआरमा ४ बुँदे सहमति

काठमाडौं, १५ जेठ । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।

उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने छ ।

संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने गरी सहमति भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस