आगामी आर्थिक वर्ष : आर्थिक सुधारको वर्ष घोषणा

अनलाइनसमय |
१५ जेठ २०८१
आगामी आर्थिक वर्ष : आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए। ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस