काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको बताए ।
यस्तै उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालु आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको उनले बताए ।