सहकारीमा पाँच लाखसम्मको बचत पैसा फिर्ता हुने, छुट्टै नियमनकारी निकाय स्थापना गरिने

अनलाइनसमय |
१५ जेठ २०८१
सहकारीमा पाँच लाखसम्मको बचत पैसा फिर्ता हुने, छुट्टै नियमनकारी निकाय स्थापना गरिने

काठमाडौं, १५ जेठ । सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्। बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको हो ।

पाँच लाखभन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन। यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ।

यो सँगै अगामी वर्षबाट बचत तथा ऋण सहकारी संस्थालाई गाभेर सञ्चालनमा ल्याइने समेत व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस