काठमाडौं, १५ जेठ । सरकारले कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गर्ने घोषणा गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१र०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् ।
उनले जल स्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए । उनले रानी जमरा सिँचाइ अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिँचाइ सुविधा विस्तार गरिने बताए ।
उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे । उनले मध्य तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिँचाइ सुविधा पुर्याउन सुनकोशी मरिण सिँचाइ आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।