काठमाडौं, १५ जेठ । चालू आर्थिक वर्षमा मुलुकका सबै स्थानीय तहसम्म बैंकको शाखा पुर्याइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त घोषणा गरेका हुन् । सुदूरपश्चिमको बझाङ अपि सैपाल गाउँपालिकामा अझै पनि बैंक शाखा पुग्न सकेको छैन ।
यसैगरी ग्रामीण र दूरदराजसम्म मोबाइल बैंकिङ, घुम्ती बैंकिङ र डिजिटल बैंकिङ विस्तार गरिने बजेटले घोषणा गरेको छ । बैंकका सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दो सेवा प्रवद्र्धन गर्ने समेत बजेटमा उल्लेख छ ।