काठमाडौं, १५ जेठ । सरकारले चालू आर्थिक वर्ष २०८१–८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा उक्त आकारको बजेट घोषणा गरेका हुन् । उक्त बजेट चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटको ६.2 प्रतिशतले बढी र संशोधित आकारको तुलनामा २१.56 प्रतिशतले बढी हो । यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रहेको छ भने वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रहेको छ ।