काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१८२ को बजेट प्रस्तुत गर्दै ९ सय मेगावाट विद्युत थप गरी आगामी आवमा राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने बताए । सरकारले आगामी आवको लागि उर्जा क्षेत्र विकासमा रु ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै आगामी आवमा आगामी आवमा प्रतिव्यक्रि विद्युत खपत ४५० युनिट पुर्याइने छ ।
प्रस्तुत बजेटमार्फट आगामी आवको देखि बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाइने उल्लेख छ । साथै विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र सेत सहभागी हुने गरी कानुन संसोधन गरिने बताइएको छ ।
आगामी आवदेखि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाटको दुधकोशी र ४ सय १७ मेगावाट क्षमताको नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा २ सय ८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने छ ।
यस्तै वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा ७७.५ मेगावाटको घुन्सा ७०.३ मेगावाटको सिम्बुवा योजना निर्माण कार्य अगाडी बढाइने छ ।
सुनकोशी(तेस्रो जलविद्युत आयोजनाको वस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइनेछ। १० हजार ८ सय मेगावाटको कर्णली (चिसापानी जलविद्युत आयोजनाको वस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सुरु गरिनेछ ।