दाङको गढवा–कोइलाबास सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

अनलाइनसमय |
१६ जेठ २०८१
दाङको गढवा–कोइलाबास सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

काठमाडौं, १६ जेठ । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार बस दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल लगिएको छ । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

दुुर्घटना कसरी भयो भन्ने खुलिसकेको छैन । प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस