काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवंम नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बालुवाटार पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ । समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । साथै उनले सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताए ।