संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित, निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

अनलाइनसमय |
१७ जेठ २०८१
संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित, निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

काठमाडौं, १७ जेठ । संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ ।

राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो ।

उक्त विधेयक परित भएसँगै अबदेखि संवैधानिक परिषद्मा प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने भएको छ ।

विधेयकमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका कम्तिमा सदस्यको ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने उल्लेख छ ।साथै परिषद्को बैठकको मिति, समय र स्थानको जानकारी परिषदको सचिवले विद्युतीय माध्यमबाट पनि जानकारी गराउने सक्ने व्यवस्था छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस