एनसेलको अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क घट्यो

अनलाइनसमय |
१७ जेठ २०८१
एनसेलको अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क घट्यो

कठमाडौं, १७ जेठ । एनसेलले अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क घटाएको छ । प्रयोगकर्तालाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको एनसेलले जनाएको छ ।

डेटा रोमिङ प्याक शुल्क परिमार्जनसँगै ग्राहकले विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् ।
एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागु भएको हो ।

डेटा रोमिङ प्याकबाट प्रयोगकर्ताले भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइने र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता नपर्ने एनसेलले जनाएको छ ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक ७९ रूपैयाँ ८८ पैसामा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यी स्थानमा यसअघि ययस्तो शुल्क दैनिक १९० रुपैयाँ १८ पैसाको पर्दथ्यो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले कर सहित १९० रुपैयाँ १८ पैसामा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जन अघि यी गन्तव्यमा दैनिक डेटा रोमिङको शुल्क ६३३ रुपैयाँ ९३ पैसा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस