नारायणगढमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

अनलाइनसमय |
१८ जेठ २०८१
नारायणगढमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

काठमाडौं, १८ जेठ । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणगढमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार नारायणगढ स्थित लायन्स चोकमा नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ सेन्टर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । उक्त सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै रोड्रिगेजले नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय सेवा प्राप्त हुने विश्वास व्यक्त गरे । ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति गराएर ग्राहकलाई ‘सधैं अन’ मा रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउने उदेश्य कम्पनीको रहेको उनले बताए ।

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसअघि एनसेलले नारायणगढको पुल्चोकमा रहेको पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस