काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आइतबार दिसँसो दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटवार्तामा समसामयिक राजनीति र आर्थिक वर्ष २०८१-८२ को बजेटबारे छलफल भएको बताइएको छ ।
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका थिए । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए ।