काठमाडौं, २० जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वनिक गर्दै उनले महाधिवेशनले दस्तावेजहरू पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए ।
यस्तै उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउने बताए । पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्मको कार्यक्रमहरू महाधिवेशनबाट पारित गर्ने उनको भनाई छ ।
साथै सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पु¥याउने बताए ।