काठमाडौं, २१ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक आह्वान गरेका छन् । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार सोमबार दिउँसो साढे १२ बजे बस्नेरी सचिवालय बैठक बोलाएको छ ।
उनका अनुसार सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ ।
मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ भने मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।
त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले माओवादीले आग्रह गरिरहेका छन् ।