काठमाडौं, २१ जेठ । न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले कालोपत्रे गर्न खोजेपछि विवाद भएको हो ।
सडक विभागले सोमबार बिहान सडक कालोपत्रे गर्न लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल जारी छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।
महानगरपालिकाले अटथेर गरेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ ।