काठमाडौं, २१ जेठ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।
फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
सो फिल्मको निर्माता पक्षले निर्देशक थापामाथि आपराधि ठगी तथा विश्वासघातको आरोपमा उजुरी दिएको थियो । निर्माता पक्षको सहमति नलिई सो फिल्म प्रदर्शन गरेको थापामाथि आरोप छ ।