सोमबार ३.९७ अङ्कले घट्यो नेप्से, लघुवित्तमा लगानीकर्ताका उत्साह

अनलाइनसमय |
२१ जेठ २०८१
सोमबार ३.९७ अङ्कले घट्यो नेप्से, लघुवित्तमा लगानीकर्ताका उत्साह

काठमाडौं, २१ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ९७ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९७ अङ्कले घटेर २ हजार ७९ दशमलव ०७ को विन्दुमा बन्द भएको छ ।

सोमबार ८८ लाख २० हजार १२५ कित्ता शेयर ५९ हजार २९५ पटक किनबेच भएको छ, जसबाट कुल ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँको कारोबार भएको छ । आज ३१६ धितोपत्रको कारोबार हुँदा १२९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११० धितोपत्रको मूल्य बढेकोे छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये लघुवित्त समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । आज लभुवित्त समुहको उपसूचक २.४३ प्रतिशतले बढेको छ ।

कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा बढी उत्पादनमुलक समूहको उपसूचक १.०५ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको ०.८४, बैंकिङ समूहको ०.७४, निर्जीवन बीमाको ०.६६, विकास बैंकको ०.३०, म्युचुअल फन्डको ०.२४, जीवन बीमाको ०.२०, लगानी समूहको ०.१७, हाइड्रोपावरको ०.१२, व्यापार समूहको ०.०३ र अन्य समूहको उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

सोमबार सबैभन्दा बढी नाफा कमाउनेमा बुद्ध भुमी नेपाल हाइ«ोपावर कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन लघुवित्त वित्तीय संस्थाको ६.९१, नेश्नल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.०५, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था तथा ज्योती विकास बैंक बोन्ड २०८७ को समान ६.०४, समृद्धी फाइनान्स कम्पनी लिमिटेडको ६.०२ र साधना लघुवित्त वित्तीय संस्थाको ५.९४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज नबिल स्टेबल फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको ५.९०, कालिञ्चोक दर्शन लिमिटेडको ५.४६, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ४.१२ र सुपर माडी हाइड्रोपावरको ३.९० प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस