काठमाडौं, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सोध्न आग्रह गरेका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् ।
उनले सञ्चारकर्मीको गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर साहलाई सोध्न आग्रह गरे ।
मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी इस्टेटको १० हजार करोडको काण्ड लुकाउनका लागि जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको उनको आरोप थियो ।