काठमाडौं, २२ जेठ । काठमाडौं उपत्यकामा परेको असिनापानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । असिना पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले मौसममा एक्कासि आएको खराबीको कारण आन्तरिक एवं बाह्य उडान प्रभावित भएको बताए । खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ ।
प्रवक्ता झाका अनुसार मौसम खराब भएपछि आन्तरिक उडानमा रहेका जहाज सम्बन्धित विमानस्थलमै होल्ड भएका छन् भने हावाहुरीका कारण अहिले सिमरा र भरतपुर विमानस्थल बन्द भएको छ ।