राष्ट्रिय सरकार गठन गर्न कांग्रेसको प्रस्ताव

अनलाइनसमय |
२२ जेठ २०८१
राष्ट्रिय सरकार गठन गर्न कांग्रेसको प्रस्ताव

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नका लागि राष्ट्रिय सरकार आवश्यक भएको बताएका हुन् ।

यस्तै उनले राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने बताए । यसो गर्दा जनतामा आशा र भारोसको संचार गराउन सकिने उनको भनाई थियो ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेको उल्लेख गर्दै उनले त्यसबेला ठीक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठीक दिशामा अगाडि बढाउन नसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस