संसद्मा अर्थमन्त्री उपस्थित हुनुपर्ने लिङ्देनको अडानपछि बैठक स्थगित

अनलाइनसमय |
२२ जेठ २०८१
संसद्मा अर्थमन्त्री उपस्थित हुनुपर्ने लिङ्देनको अडानपछि बैठक स्थगित

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखलाई प्रश्न गरे ।

उनले भने, ‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुप¥यो होला कि उहाँको बदला कसैले सुन्नुप¥यो ।’

त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन् । तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए । ‘अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौं, अर्थमन्त्री खाली भएपछि सुरु गरौं’, उनले भने ।

उपसभामुख रानाले माननीयज्यू अगाडि बढौं, अर्थमन्त्री आउँदै हुनुहुन्छ भनिन् । लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए । ‘उहाँ आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु’, लिङ्देनले भने, ‘एक छिन ब्रेक गरे पनि हुन्छ ।’

त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे ।

त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गरे र संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस