नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनसमय |
२२ जेठ २०८१
नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा कार्यरत विद्यालय शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस