मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन जारी गर्दै सरकार

अनलाइनसमय |
२३ जेठ २०८१
मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन जारी गर्दै सरकार

काठमाडौं, २३ जेठ, सरकारले अबदेखि मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन जारी गर्ने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले हरेक दिन प्रेस बुलेटिन निकाल्ने जानकारी दिएका हुन् ।

यस्तै गृहमन्त्री लामिछानेल विपद्मा खटिने पत्रकार स्वयम्सेवकहरूलाई आवश्यक तालिन दिन लागिएको बताए । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यस्तै उनले ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान गरिएकोले यसैअनुसार तयारी गरिएको बताए ।

साथै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस