मधेशका मुख्यमन्त्री यादवले जेठ २८ मा विश्वासको मत लिने

अनलाइनसमय |
२३ जेठ २०८१
मधेशका मुख्यमन्त्री यादवले जेठ २८ मा विश्वासको मत लिने

काठमाडौं, २३ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् ।

बुधबार अर्थात् आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पत्र काटेर विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका छन् । आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुखसँग आग्रह गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस