प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजारभन्दा बढी कित्ता स्थापक सेयर बिक्रीमा

अनलाइनसमय |
२४ जेठ २०८१
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजारभन्दा बढी कित्ता स्थापक सेयर बिक्रीमा

काठमाडौं २४ जेठ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस