काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए।
सांसद शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने बताए । उनले भने,‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ । न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए । बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनैपनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’
यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले पौठेजोरी खेलेको भन्दै त्यो स्वभनीय नभएको बताए । ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुप¥यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि!, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’