गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई सांसद शर्माको चुनौती

अनलाइनसमय |
२४ जेठ २०८१
गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई सांसद शर्माको चुनौती

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी–इस्टेटको खोलेर देखाउन चुनौती दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो चुनौती दिएका हुन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भनेका छन्, ‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भन्नुभयो । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरीबन्धु टी–इस्टेटको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?’

साथै उनले गिरीबन्धु टी–इस्टेटको फाइल खोलिनेमा आफू विश्वस्त नरहेको समेत बताए ।

उनले भने, ‘गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न होइन बोल्न पनि उहाँ (गृहमन्त्री लामिछाने) सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षा मन्त्री उपरको शब्द फिर्ता लिनुस् भनेर दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस