ललितपुरका घर-घरमा दैनिक ५० जना नगर प्रहरी खटाइने

अनलाइनसमय |
२४ जेठ २०८१
ललितपुरका घर-घरमा दैनिक ५० जना नगर प्रहरी खटाइने

काठमाडौं, २४ जेठ । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । महानगरले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै ’सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ नारासहित नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने अभियान थालेको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए । नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे÷नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पु¥याउने उनले जानकारी दिए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ ।

घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने उनले प्रष्ट पारे ।

यस्तै ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले यस योजना अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने जानकारी दिए ।

उनका अनुसार उक्त अभियानअन्र्तगत घर–घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिने हाछेथुले बताए । तीमध्ये समूह–समूह बनाएर घर–घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने बताए ।

यस्तै नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए÷ नलिएको बुझ्ने छ भने निःशुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने उनले बताए ।

उक्त टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई समेत कारबाहि गर्ने महानगरले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस