काठमाडौं, २५ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले गाजा खेतीबारे गृह मन्त्रालयले पनि अध्ययन गरिरहेको बताए ।
लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए । उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा समितिका सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गाजा खेतीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।