ढुक्क हुनुस्, एमडीएमएस लागु हुन्छ: सञ्चारमन्त्री शर्मा

अनलाइनसमय |
२५ जेठ २०८१
ढुक्क हुनुस्, एमडीएमएस लागु हुन्छ: सञ्चारमन्त्री शर्मा

काठमाडौं, २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् । नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारदेखि राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस लागु गरेरै छाड्ने बताएकी हुन ।

उनले भनिन्, ‘एमडीएमएस लागु हुन्न भन्ने नसोचौं, ढिलोचाँडो लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन । निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि योगदान गर्ने छ ।’

यस्तै उनले प्रविधि विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकेको भने स्वीकारिन् ।
‘यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौं । यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ,’ उनले भनिन्, ‘अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ, सरकार त्यसमा तयार छ ।

मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीका मोबाइल बेच्न छाडे ‘ग्रे फोन’ कारोबार समेत बन्द हुने बताइन् । ग्रे फोन कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस