बाल मन्दिर जग्गा प्रकरण: पक्राउ परेका संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ दुई दिनमै छुटे

अनलाइनसमय |
२७ जेठ २०८१
बाल मन्दिर जग्गा प्रकरण: पक्राउ परेका संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ दुई दिनमै छुटे

काठमाडौं, २७ जेठ । नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी श्रेष्ठलाई दुई दिनमै छाडेको हो ।

प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर कोही पनि पक्राउ परेका थिएनन् ।

बाल मन्दिरमा झण्डै तीन दशक नेतृत्वमा रहेकी रिता सिंह सहितविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएको थिएन । पक्राउ गरेर अनुसन्धान गरिरहनु पर्ने नदेखिएको भन्दै सीआईबीले कसैलाई पक्राउ नगर्ने नीति लिएको थियो । तर पक्राउ नगरेको भन्दै प्रश्न उठेपछि ब्यूरोले श्रेष्ठलाई समातेको थियो । तर, उनी दुई दिनमै छुटेका छन् ।

पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

त्यसैगरी वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस