काठमाडौं, २९ जेठ । आगामी असार १४ गते प्रतिनिधि सभाबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को संशोधन विधेयक पारित गरिने भएको छ । संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार १४ गते संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने उल्लेख छ ।
सरकारले प्राथमिकतामा राखेको यो विधेयकको प्रतिवेदन २४ जेठमा प्रतिनिधि सभामा पेस भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकको प्रतिवेदन १७ जेठमा सर्वसम्मतिबाट पारित गरेको थियो ।
१२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएर अगाडि बढेको यो विधेयकले संवैधानिक परिषद्को बैठक बस्न र बहुमतका आधारमा निर्णय गर्न हाल रहेको कानुनी रिक्तताको अवस्थालाई चिर्नेछ ।