उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग सांसद पौडेलको माग

अनलाइनसमय |
२९ जेठ २०८१
उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग सांसद पौडेलको माग

काठमाडौं, २९ जेठ । सरकारको नेतृत्वकर्ता दल नेकपा माआवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन् ।

सांसद पौडेलले उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अफ्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने बताए ।

यस्तै उनले श्रम र सीपबिनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराए । शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस