बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता

अनलाइनसमय |
२९ जेठ २०८१
बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, २४ जेठ । सर्लाहीस्थित बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध फेरी अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ ।

जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस