विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानविन गर्न सांसद आचार्यको माग

अनलाइनसमय |
३० जेठ २०८१
विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानविन गर्न सांसद आचार्यको माग

नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सन्दर्भमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको आरोप लगाए ।

उनले खेलाडीलाई होटलमा उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए ।

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको गुनासो आएको बताए ।

नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको समेत उनले बताए ।

विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने सांसद आचार्यको माग छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस