काठमाडौं, ३० जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना नेताहरुको भर्ति गर्ने थलोको रुपमा विकास गरिएको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तेस्रो तहका नेताहरुलाई पार्क गर्ने पार्किङ स्थलका रुपमा प्रदेश संरचना खडा भएको उल्लेख गरेका हुन् ।
यस्तै उनले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताए । प्रदेश तेस्रो तहको व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए ।
अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उनले बताए । सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको उनले बताए । साथै उनले मिलेर जाऊँ भन्ने चक्करमा आफू तीन महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।