सरकारी अस्पतालमा लाइन बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सांसद बरालको ध्यानाकर्षण

अनलाइनसमय |
३१ जेठ २०८१
सरकारी अस्पतालमा लाइन बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सांसद बरालको ध्यानाकर्षण

काठमाडौं, ३१ जेठ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको विहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे लाइनमा बसेको एउटा विरामी अथवा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सरकारसँग आग्रह गरिन् ।

यस्तै उनले ठूला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउन सुझाव दिइन् । उनले टिकट काट्न, रिपोर्ट लिन अथवा डाक्टरलाई रिपोर्ट देखाउन लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरिन् ।

साथै उनले स्वास्थ्य विमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दैसंवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्काली ठोस कदम चाल्नुपर्ने बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस