न्याय परिषद्को बैठक आह्वान, न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने

अनलाइनसमय |
३१ जेठ २०८१
न्याय परिषद्को बैठक आह्वान, न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने

काठमाडौं, ३१ जेठ । न्याय परिषद् बैठक आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।

सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीशको पद रिक्त छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराई शुक्रबार (भोलि)बाट अनिवार्य अवकासमा जाने भएपछि मुद्दाको चापलाई ध्यानमा राखेर परिषद्ले आजै न्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्नेछ ।

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस