काठमाडौं, ३२ जेठ । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु।’
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए।
साथै सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।