६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनसमय |
४ असार २०८१
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ३ असार । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कपनबाट ६ किलो सुन र ४८ लाखरुपैयाँ नगदसहित आइतबार राति एक चिनियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँको विवरण सीआईबीले खुलाएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक गरेको छैन ।

पक्राउ परेका चिनियाँ यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस