काठमाडौं, ६ असार । चालू आर्थिक वर्षको १० महिनामा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको रु. १ खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको रु. ९४ अर्ब ४ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको रु.४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको रु.१ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।